एपीएफको विजयी सुरुवात
पाेखरा | पुस ३०, २०७९
काठमाडौं: विभागीय टोली नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले हरायो ।
गण्डकीले दिएको ५२ रनको विजयी लक्ष्य एपीएफले ८।४ ओभरका तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जितमा कप्तान सिता रानामगरले अविजित १९ रन बनाउनुभयो । रोमा थापाले अविजित १४ र ज्योति पाण्डेले ८ रन जोड्नुभयो । बलिङमा गण्डकीकी श्रृष्टि जैसीले तीन विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ५१ रन बनाएको थियो । गण्डकीका श्रृष्टि जैसीले १४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा एपीएफकी सुमन विष्टले तीन विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले दुई अङ्क बनाएको छ ।
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...
काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

